कुटपिट घटनाका आरोपित शिक्षकविरूद उजुरी
कपिलवस्तु नगरपालिका-१ स्थित सनसाइन आवासीय माविमा कक्षा पाँचमा अध्ययनरत ११ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा पीडित पक्षले कम्प्युटर विषयका शिक्षक ३० वर्षीय ऋषिकेश पाण्डेयविरूद्ध असोज ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडित विद्यार्थीलाई आरोपितले असोज १० गते गृहकार्य डायरीमा अभिभावकको हस्ताक्षर नभएको आरोपमा कक्षा कोठामा कुटपिट गरेको भन्दै पीडित पक्षले उजुरी दिएको अधिकारकर्मी पुष्पा रेग्मीले बताउनु भयो ।
बालिकालाई उनको गृहकार्य डायरीमा अभिभावकलाई हस्ताक्षर नगराएको भन्दै दुवै हात, गोडा र शरीरको विभिन्न अङ्गहरुमा कुटपीट गरेको बालिका पिंहु बर्माले बताउनु भयो ।
डायरीमा हस्ताक्षर नगरेको आरोपमा दुवै हात, गोडा र शरीररको विभिन्न भागमा कुटपिट गर्दा शरीर सुन्निएको बालिकाका बुबा सचितानन्द बर्माले बताउनु भयो ।
विद्यालयका प्रिन्सिपल धर्मेन्द्रकुमार चौधरीले विद्यार्थीमाथि कुटपिट भएको घटना सत्य भएको बताउँदै घटनाका विषयमा बुझेर शिक्षक पाण्डेलाई विद्यार्थीसमक्ष माफी माग्न लगाइएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी गङ्गाबहादुर थापाले बालिका कुटपिट गर्ने शिक्षकविरूद्ध उजुरी दर्ता भएको र छानबिनक लागि आरोपितलाई पत्राचार गरिएको बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण र घाउजाँच असोज १० गते कपिलवस्तु अस्पताल,तौलिहवामा गरिएको छ ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…