बालिका कुटपिट आरोपमा सौतेनी आमा गिरफ्तार
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की १५ वर्षीया बालिका विनिता आचार्यलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ४१ वर्षीया सौतेनी आमा चन्द्रकला रिजाललाई पुस २९ गते गिरफ्तार गरेको छ ।
दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० बालिकालाई सौतेनी आमाले पुस २९ गते घरमा पढीरहेको अवस्थामा निर्घात कुटपिट गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का पूर्व वडाध्यक्ष टङ्कप्रसाद आचार्यले बताउनु भयो ।
बालिकालाई कुटपिट गरेको थाहा पाउने बित्तिकै प्रहरीलाई खबर गरेपछि प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेको वडाध्यक्ष आर्चायले बताउनु भयो ।
कुटपिटबाट आँखा र टाउको गम्भीर चोट लागेकी बालिकाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पुस ३० गते काठमाण्डौँ रेफर गरिएको जिल्ला अस्पतालका डाक्टर चतुरान्द यादवले बताउनु भयो ।
बालिकाको काडमाण्डौँस्थित तिलगङ्गा र केएमसी अस्पतालमा उपचार गरिएको बालिकाका ५१ वर्षीय बाबु अभिनारायण आर्चायले बताउनु भयो ।
घटनाका विषयमा अनुसन्धानल थालेको प्रहरीले जनाएको छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…