बालिका अपहरण घटनाका आरोपित गिरफ्तार
दुहवी नगरपालिका-१० डुम्राहास्थित मामाघरमा खेलिरहेकी ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई साउन १६ गते गिरफ्तार गरेको छ ।
मामाघरमा खेलिरहेकी बालिकालाई ०८१ साउन १५ गते अपहरण गरेको आरोपमा प्रहरीले साउन १६ गते विराटनगर महानगरपालिका-६ का ५० वर्षीय सञ्जय पासवान, ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई गिरफ्तार गरेको हो ।
सञ्जयले बालिकालाई अपहरण गरी विराटनगर महानगरपालिका-१० स्थित मानव सेवा आश्रम अगाडिको डेरामा राखेको अवस्थामा प्रहरीले साउन १६ गते बालिकाको उद्दार गरेको छ ।
डेरामा बालिकालाई बन्धक बनाएको अवस्थामा उद्दार गरिएको र मुख्य आरोपित सञ्जयसहित उनका सहयोगी कलानन्द र सरिता पासवानलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो ।
अपहरणमा परेकी बालिकाकी ठूली आमासँग सञ्जयको प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि प्रतिशोध साँध्न बालिकाको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भण्डारीले बताउनु भयो ।
बालिका हराएको सूचना पीडित परिवारले दिएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय, मोरङ र प्रदेश प्रहरी कार्यालयले संयुक्त रूपमा बालिकाको खोजी थालेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, इनरूवामा साउन १६ गते गरिएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…