बालिका अपहरण घटनाका आराेपितविरूद्ध उजुरी

  ०८१ असार २५ गते

१२ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा १८ वर्षीय बालक, महोत्तरी गाँउपालिका-२ अनैठाका ३२ वर्षीया चन्द्रकला साह र सोहि ठाउँका ३८ वर्षीय मदन साहविरुद्ध ०८१ असार २३ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनु भएको छ ।

आरोपितहरूले ०८१ असार ६ गते स्कुल जान्दै गरेकी पीडित बालिकालाई बलपूर्वक अपहरण गरेको पीडितकी आमाकाे आराेप रहेकाे छ ।

उजुरीपश्चात आरोपितहरू फरार भएकोले खोजतलास र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरज दुलालले जानकारी दिनु भयो ।


ममता विश्वकर्मा