बालिका अपहरण घटनाका आरोपित गिरफ्तार
नौ कक्षामा अध्ययनरत १५ वर्षीया एक बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रसबनी गाविस-७ का ५१ वर्षीय भोला भनिने बिन्देश्वर यादवलाई प्रहरीले ०७३ माघ १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्दै आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आरोपितसहित उनका छोरा २८ वर्षीय अनिलकुमार यादव र सोही ठाउँका २१ वर्षीय जितेन्द्र यादवले पुस ४ गते पीडित बालिकालाई घरैबाट अपहरण गरी भारततर्फ लगेको भन्दै पीडितकी आमाले पुस १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…