बालिकालाई यौन कार्यमा लगाएको आरोपमा एक जना गिरफ्तार

१७ वर्षीया दुई जना बालिकालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले बर्दिया जिल्ला बाँसगढी नपा–१ घर भई तारकेश्वर नपा–११ हिलेटोलस्थित पश्चिम युना खाजा घरकी सञ्चालिका २६ वर्र्षीया मुनु गुरूङलाई चैत २७ गते गिरफ्तार गरेको छ ।

बालिकाहरूलाई आरोपितले   चैत २७ गते डरत्रास र प्रलोभन देखाएर यौन कार्यमा लगाएको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलबाट खटिएको प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ । आरोपितलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

पीडितहरूको स्वास्थ्य परीक्षण चैत २७ गते प्रसूती गृहमा गरिएको छ ।


दीपा सुनुवार