बालिकामाथि बलात्कारका घटना बढ्दो
१५ वर्षीया बालिकालाई घरमा लगेर पटकपटक बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका–५ का २१ वर्षीय सविन खड्गीलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि धुलिखेल कारागारमा पठाइएको छ ।
आरोपित खड्गीलाई ०७५ पुस २९ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलले गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।
सिन्धुली जिल्ला कपिलाकोट गाउँपालिका–४ घर भई हाल धुलिखेल नगरपालिका–५ मा कोठा गरी बस्ने पीडितका आफन्तले पुस ३० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जबरजस्ती करणी शीर्षकमा उजुरी दिएका थिए ।
दाजूलाई भेट्नका लागि काठमाडौँ आउने क्रममा ०७५ साउन २ गते धुलिखेलको बसपार्कमा उभिएको अवस्थामा ‘छोरी जस्तै मान्छु’ भनी घरमा लगेर पटकपटक बलात्कार गरिएको जाहेरीमा उल्लेख छ ।
पीडितको स्वास्थ्य परीक्षण पुस ३० गते धुलिखेल अस्पतालमा गरिएकोमा माघ ७ गते अस्पतालले बलात्कार भएको प्रतिवेदन दियो ।
यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले ०७५ माघ २१ गते जिल्ला अदालतमा अभियोग दर्ता गराएको छ ।
जिल्ला अदालतको माघ २२ गतेको आदेशमा आरोपितलाई पुर्पक्षका लागि थुनामा पठायो भने फागुन ८ गते पीडितको बकपत्र समेत भएको छ ।
यसैगरी, १२ वर्षीया बालिकालाई ०७५ माघ १८ गते प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा दैलेख जिल्ला बृन्दासैनी नपा–१ घर भई बालिकाको घर बनाउने काममा मजदुरी गर्ने ५० वर्षीय कमल अधिकारीलाई माघ २७ गते इलाका प्रहरी कार्यालय बनेपाले गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लियो ।
पीडितका आफन्तले ०७५ माघ २७ गते इलाका प्रहरी कार्यालय बनेपामा जबरजस्ती करणी शीर्षकमा उजुरी दिएका थिए ।
भूकम्पबाट क्षति भएको घर बनाउने क्रममा कटेजभित्र लगि फिल्म देखाउने भन्दै बलात्कार गरिएको बालिकाले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २६ गते धुलिखेल अस्पतालमा गरियो । यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले फागुन १३ गते जिल्ला अदालतमा अभियोग दर्ता गरायो ।
यसैगरी, १४ वर्षीया बालिकालाई ०७५ माघ २७ गते बाटोमा हिँडिरहेको अवस्थामा बेहोस हुने औषधि खुवाएर घरमा लगी बलात्कार गर्ने पनौती नपा–३ कुशादेवी घर भई बनेपा नपा–७ गोदामचोकमा बस्ने १९ वर्षीय विपुल भनिने विनोद नेपालीलाई माघ २९ गते इलाका प्रहरी कार्यालय बनेपाले गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लियो ।
पीडितका आफन्तले ०७५ माघ २९ गते इलाका प्रहरी कार्यालय बनेपामा जबरजस्ती करणी शीर्षकमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २९ गते धुलिखेल अस्पतालमा गरियो । घटनामा अर्का आरोपित बनेपा नपा–११ जनागालका १९ वर्षीय रोजन श्रेष्ठ भने फरार छन् ।
जिल्लामा बालिका बलात्कारका घटना बढ्दो क्रममा देखिन्छ । सन् २०१८ मा पसलमा आमासँगै खेलिरहेकी एक बालिकालाई बिस्कुट किनिदिने प्रलोभन दिएर र विद्यालय जाँदै गरेकी एक बालिका तिनदोबाटोबाट अपहरण गरेर बन्धक बनाएको घटना पनि अघिल्लो वर्ष अभिलेख गरिएको इन्सेकले जनाएको छ ।
बलात्कारका ३० वटा घटनामा १८ जना बालिका पीडित थिए । यौन दुव्र्यवहारका नौ ओटा घटनामा तीन जना बालिका देखिए । बलात्कारबाट गर्भवती बनेकी एक बालिकाले बच्चा समेत जन्माइन् ।
अष्ट्रेलिया पढ्न जानका लागि आवश्यक डकुमेन्ट लिएर आउनु भनी नगरकोटको एक होटलमा राखी एक जना बालिकाको बलात्कार भयो ।
बाबुबाट छोरी, शिक्षकबाट छात्राहरू र चिनजानका व्यक्तिहरूबाट अधिकांश बालिका बलात्कृत भएको अभिलेखमा छ ।
इँटा भट्टामा बाबु–आमासँगै रहेकी बालिका, शारीरिक तथा मानसिक अपाङ्गता भएकी बालिकालाई मात्र नभएर कोठामा बोलाएर पढ्न सिकाउने, घरमा पुर्याइदिन्छु र विवाह गर्छु भनेर अधिकांश बालिका बलात्कृत भएको घटना अभिलेखित भए ।
भोजराज तिमल्सिना
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…