बालिकाको बलात्कारपछि हत्या गरिएको पीडित परिवारको आरोप
चाँदबेला गाविस-९ की ११ वर्षीया अमिताकुमारी मुडियारीको फागुन १२ गते बलात्कारपछि हत्या भएको पीडित परिवारले आरोप लगाएको छ ।
फागुन १२ गते राति छिमेकीको विवाह भइरहेको ठाउँबाट बेपत्ता भएकी बालिकाको शव हत्या गरिएको अवस्थामा फागुन १४ गते घरदेखि पर खेत जाने बाटोको हृयुमपाइप भित्र भेटिएपछि पीडित परिवारले यस्तो आरोप लगाएको हो ।
बालिकाको बलात्का पछि हत्या गरिएको हुनसक्ने स्थानीय गगन सिंहले बताए । बालिकाको हत्या शङ्कास्पद भएको र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोखरेलले बताए । पोष्टमार्टमको रिर्पोट आएपछिमात्र घटनाबारे थाहा हुने पोखरेलले बताए । शवको पोष्टमार्टम हुन बाँकी रहेको र सो को प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…