बालिकाको उद्धार गरी पुनर्स्थापना केन्द्रमा पठाइयो
१४ वर्षीया बालिकालाई चैत १७ गते मानव अधिकारकर्मीहरूको पहलमा आफन्तको घरबाट उद्धार गरी पुनर्स्थापना केन्द्रमा पठाइएको छ ।
जिल्ला बालकल्याण समिति, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), पोखरा-लेखनाथ नगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ, थ्री एञ्जल र जिल्ला प्रहरी कार्यलयको संयुक्त टोलीले बालिकालाई उद्धार गरेको हो ।
बालिकालाइ यौन व्यवसायमा लगाएको र आफन्तको घरमा जोखिममा रहेको भन्ने पीडित पक्षले जिल्ला प्रहरी कार्यलयमा सूचना दिएपछि सोको आधारमा बालिकाको उद्धार गरिएको केन्द्रीय बाल कल्याण समितिका श्रोत व्यक्ति बद्री वाग्लेले जानकारी दिए ।
वाग्लेका अनुसार २० वर्षभन्दा कम उमेरका बालिकालाई उसको अनुमति भएपनि यौन व्यवसायमा लगाउन नपाइने भएका कारण बालिकालाई उद्धार गरिएको हो ।
साथै, प्रहरीले घटनास्थलबाट पीडित बालिकाकी सानिमा र पोखरा-लेखनाथ मनपा-१३ का ३० वर्षीय लक्ष्क्षु पासवानलाई समेत जिल्ला प्रहरी कार्यलय, कास्कीले गिरफ्तार गरेको छ ।
आरोपित दुवैलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख चन्द्रा गुरुङले बताइन् ।
सङ्गीता भाट
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…