बालसुधार गृहमा झडप हुँदा तीन जना बालक घाइते

  ०८० फागुन ९ गते

पोखरा महानगरपालिका– १८ सराङकोट स्थित बालसुधार गृहमा बालकहरूबिच झडप हुँदा तीन जना बालक घाइते भएका छन् ।

खाना खान लाइन बस्ने क्रममा फागुन ५ गते बाल सुधार गृहमा बालकहरू बिच बिवाद हुँदा झडप भएको थियो । घाइते तीन जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भएपछि फागुन ६ गते पुन सुधार गृह पुर्‍याइएको कास्की जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार बिकले बताउनुभयो ।

बालकहरु बागलुङ, स्याङ्जा र म्याग्दी जिल्लाबाट विभिन्न बालबिज्याइ मुद्दामा सुधार गृह पुगेका थिए । बालकहरुको चोट सामान्य रहेकाले उपचारपछि डिस्चार्ज भइसकेको र घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर सूर्य रानाले बताउनुभयो ।


सन्जय रानाभाट