बालसुधार गृहमा क्षमता भन्दा बढी बालक भएका कारण स्वास्थ्यमा समस्या
बालसुधार गृहमा क्षमता भन्दा बढी कानूनको विवादमा परेका बालकहरू राख्दा विभिन्न खालका स्वास्थ्य समस्या भएको बालसुधार गृह प्रशासनले जनाएको छ ।
भैरहवास्थित बालसुधार गृहको क्षमता ४० जनाको भएपनि ८३ जना कानुनको विवादमा परेका बालकहरूलाई राख्नु पर्दा बालकहरू आधारभूत अधिकारबाट वञ्चित भएका छन् ।
बालसुधार गृहमा ८३ जना बालकहरू मध्ये ३६ जना कैदी र ४७ जना थुनुवाहरू रहेको जिल्ला बालसुधार गृहका प्रमुख सुभद्रा गौतमले बताउनु भयो ।
क्षमता भन्दा बढी व्यक्ति राख्नु पर्दा छालाको सङ्क्रमण, दाद, लुतो, चिकेनपक्स, नशाका समस्याहरू, आँखामा समस्या, पाइल्स र हाइड्रोशिल जस्ता समस्याहरूले दुख दिएको गर्मीको समयमा बस्न, सुत्नलाई पालो कुरेर सुत्नुपर्ने बाध्यता रहेको छ ।
हाल बालसुधार गृहमा चार जना क्षयरोगका, एक जना चिकेनपक्सका, पाँच जना नशाका, चार जना आँखाको समस्या, तीन जना पाइल्सका र तीन जना हाइड्रोशिलका समस्या भएका बालकहरू रहेका छन् ।
२०७५ भदौ १ गतेबाट सञ्चालन भएको बालसुधार गृहमा क्षमता भन्दा बढी बालकहरु राख्नुपर्दा, हिडडुल गर्न नपाएपछि नशाको समस्या आएको, घाम देख्न नपाउँदा छाला सम्बन्धि सरूवा रोगको प्रकोप जस्ता समस्या भएका विरामीहरू छन् ।
देशभरी मोरङ, रुपन्देही, भक्तपुर, कास्की सराङकोट, पर्सा, होटौडा, बाँके र डोटी गरी आठ जिल्लामा रहेका छन् ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
द्वन्द्ध पीडितलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधन गर्न एलाइन्सको माग
मानवअधिकार एलाइन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालले पीडितहरूलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधनको माग गरेको छ । एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले चैत ६ गते विज्ञप्ती जारी गरी नेपाल…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…