बालसुधार गृहबाट भागेका कैदी पुनः गिरफ्तार

  ०७८ असार ९ गते

सानोठिमीस्थित बालसुधार गृहबाट फरार भएका १८ वर्षीय कैदीलाई प्रहरीले असार ८ गते पुनः गिरफतार गरेको छ ।

बाल सुधार गृहमा रहँदै आएका उनी असार ८ गते सुधार गृहको पर्खाल नाघेर फरार भएको प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

उनलाई प्रहरीले काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरबाट गिरफ्तार गरी सुधार गृहको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

बाल सुधारगृहका प्रमुख केशव सुवालले काठमाडौँ जिल्ला अदालतको ०७६ भदौ २६ गतेको इजालसले पाँच वर्ष कैद फैसला गरेपछि बाल सुधार गृहमा पठाएको थियो ।

बाल सुधार गृहमा रहँदा चालचलन राम्रो भएकोले हिँडडुल गर्न पाएको सुविधाको दुरुपयोग गरी सुरक्षा गार्डको आँखा छलेर भागेको पाइएकोले सुरक्षा व्यवस्थालाई थप परिमार्जन गर्ने प्रमुख सुवालले बताउनु भयो ।


रमेश गिरी