बालश्रमका लागि लैजाँदै गरिएका पाँच जना भारतीय बालकको उद्धार

सल्यान जिल्लामा सडक बनाउने कामका लागि श्रमिकको रूपमा लगिँदै गरेको अवस्थामा पाँच जना भारतीय बालकहरूलाई प्रहरीले वैशाख ९ गते उद्धार गरी जिल्ला बाल कल्याण समिति पर्सा वीरगञ्जको जिम्मा लगाएको छ ।

सल्यान जिल्लाको सन्तोषी निर्माण सेवा प्रालिका सव–ओभरसियर अमोदकुमार झाले सल्यानमा सडक निर्माण कार्यका लागि भन्दै चैत ९ गते पाँच जना बालकसहित दुई जनालाई वीरगञ्जबाट गाडीमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

हेटौँडा उमनपा–१० बसपार्कमा खटिएको प्रहरी टोलीले चैत ९ गते साँझ ८ बजे वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई उद्धार गरिएको र उद्धार गरिएका पाँचजना बालकसहित अन्य दुईजना व्यक्ति भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सागरविक्रम राणाले बताए ।

यसरी हेटौँडा हुँदै सल्यान जिल्लामा सडकको कामका लागि लैजाँदै गरिएकाहरूमा भारत बेतिहार सिकटा बस्ने १७ वर्षीय मुन्ना धाङर,  १७ वर्षीय मुन्ना धाङर, १७ वर्षीय  शिवकुमार धाङर,१७ वर्षीय भोला धाङर,१७ वर्षीय भोला धाङररहेका छन् ।

भारतीय नागरिकद्वय १८ वर्षीय अमर धाङर र २३ वर्षीय बिनोद धाङरले ति बालकहरूलाई कामका लागि भारतबाट ल्याएको र प्रहरीको चेक जाँचको क्रममा बालकहरूले आफूहरू काममा जान नचाहेको बताएकाले उद्धार गरेको प्रहरीले जानायो ।

भारतको पुर्वी चम्पारन विहारी झम्का घर भएका पाँच जना बालक सहित अन्य दुईजना गरी सात जनालाई वैशाख १० गते सिविन मकवानपुरको रोहोबरमा परिवारको जिम्मा लगाउन जिल्ला बाल कल्याण समिति पर्सापठाइएको प्रहरीले जनाएको छ ।

दैनिक ५ सय रुपियाँका दरले काममा लागाउने प्रलोभन देखाउँदै बालकहरूलाई सल्यान पु¥याउन लागेको आरोपमा प्रहरीले अमोदकुमार झालाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।


पुष्पराज अधिकारी