बालविवाह हुँदै गर्दा विवाह मण्डपबाटै बालिकाको उद्धार
१५ वर्षीया बालिकाको नीलकण्ठ नपा-८ बगैँचाका २२ वर्षीय राज नेपालसँग वैशाख ७ गते भइरहेको विवाह मण्डपबाटै पौरखी महिला सहकारी जोगिमाराको पहलमा उद्धार गरिएको छ ।
गाउँमा बालिकाको विवाह हुँदै गरेको भन्ने सूचना पाएपछि प्रहरी चौकी जोगिमाराको सहयोगमा सहकारीमा आबद्ध महिलाहरूले बालिकाको उद्धार गरी जिल्ला बालकल्याण समितिमा बुझाइएको पौरखी महिला सहकारीकी हरिमायाँ ठकुरीले जानकारी दिएकी छन् ।
उद्धारपछि सदरमुकाम ल्याइएकी बालिकालाई बालगृहमा राखिएको जिल्ला बालकल्याण समिति धादिङका अधिकृत हरि उप्रेतीले जानकारी दिए ।
बालिकाको परिवारलाई २० वर्ष नपुगी विवाह गर्न नहुने भन्दै सम्झाइएको र विवाह गर्न गएका केटा पक्षलाई पनि बालविवाह गर्न नहुने विषयमा जानकारी गराएर पठाइएको प्रहरीले जनायो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…
बलात्कार घटनाका आरोपित गरिफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ । पीडित बालिकालाई आरोपितले दुई…