बालविवाह विरुद्ध सञ्जाल गठन, इन्सेक सदस्य
जिल्लामा बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल गठन गरिएको छ । असार १५ गते दैलेखमा क्रियाशील नागरिक समाज संस्थाहरूको एक भेलाले सोसेक नेपालको संयोजकत्वमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) समेत संलग्न रहेको ११ सदस्यीय सञ्जाल गठन गरिएको हो ।
सञ्जालको सहसंयोजकमा सेतो गुराँस बाल विकास सेवा, सदस्यहरूमा इन्सेक एभरेष्ट क्लब, सेबक दैलेख, सीवीयो महासङ्घ, ठाटीकाँध कृषि तथा पशुपालन सहकारी संस्था, दैलेख युनेस्को केन्द्र, पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान र महिला शसक्तिकरण मञ्च रहेका छन् ।
जिल्लामा बालविवाहको जोखिम अति नै रहेको कारण स्थानीय सरकारलाई जवाफदेही बनाउन बालविवाह अन्त्यका लागि आवश्यक क्रियाकलाप सञ्चालन गर्न र यसका लागि आवश्यक रणनीति तयार पार्न ध्यानाकर्षण पत्र बुझाउने सञ्जालको पहिलो बैठकले निर्णय गरेको छ ।
दैलेख जिल्लामा बाल विवाह अन्त्यका लागि जिल्लामा सक्रिय संघ संस्थाहरूले आआफ्नो कार्य क्षेत्रमा संस्थाद्धारा सञ्चालित परियोजना तथा कार्यक्रमका गतिविधिसँग समायोजन गरी बाल विवाह विरुद्धको विभिन्न अभियान, जनचेतना अभिबृद्धि तथा कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
अमर सुनार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…