बालविवाह रोक्न प्रशासन समक्ष माग
उमेर नै नपुगी अविभावकले विवाह गरिदिन लागेपछि उदयपुरकी १६ वर्षीया एक बालिकाको विवाह रोक्न बाल क्लब सञ्जालले मङ्सिर २६ गते स्थानीय प्रशासनसँग माग गरेको छ ।
त्रियुगा नगर स्तरीय बाल क्लब सञ्जालले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी पत्रमार्फत विवाह रोक्न माग गरेको हो । बालिकाको विवाह मङ्सिर २७ गते झापाको एक जना केटासँग गर्ने तय भएकोले रोक्न माग गरिएको बाल क्लब सञ्जालका भुवन दाहालले जानकारी दिए ।
बालिकाको बुवाले जबरजस्ती विवाह गरिदिन लागेकाले विवाह रोक्न पत्रमार्फत प्रमुख जिल्ला अधिकारीसँग माग गरिएको सञ्जालका सचिव प्रदिता पोखरेलले बताइन् । उनले भनिन्-'हामीले घर परिवारलाई गएर कम उमेरमा विवाह नगरिदिनु भनेर सम्झायौँ । तर, अविभावकले नमानेपछि बाध्य भएर प्रशासन गुहार्यौँ ।'
बाल क्लब सञ्जालको पत्र अनुसार बालिकाको बावुलाई प्रशासनले विवाह रोक्न निर्देशन दिएको जिल्ला बाल कल्याण समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिए ।
उनले भने-'बाल विवाह हुदैँछ भन्ने सूचना आएपछि रोक्न भनेका छौँ । तर, बालिकाको जबरजस्ती विवाह गरे कानुनी कारबाहीसमेत गर्ने बारेमा अविभावकलाई सचेत गराइसकेका छौँ ।'
भरत खड्का
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…