बालविवाह रोक्न किशोरी वृत्त सक्रिय
समाजिक कुरीतिका रूपमा रहेको बालविवाह रोक्न पछिल्लो समय बैतडीका विभिन्न गाउँमा गठन गरिएका किशोरी वृत्त सक्रिय भएका छन् ।
जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय र संयुक्त राष्ट्र सङ्घ जनसङ्ख्या कोषले किशोरी वृत्तका सदस्यहरूलाई तालिम दिएपछि बालविवाह रोक्न यहाँका किशोरीहरू सक्रिय भएका हुन् ।
बैतडीका १५ ओटा गाविसमा किशोरी वृत्त गठन भएको र ११ ओटा गाविसमा किशोरी वृत्त सक्रिय रहेको जिल्ला विकास समिति अन्तर्गतको संयुक्त राष्ट्र सङ्घ जनसङ्ख्या कोषका जिल्ला संयोजक गणेश शाहीले बताए ।
शाहीका अनुसार ०७३ वैशाखदेखि ०७३ असारसम्ममा मात्रै १७ ओटा बालविवाहका घटना किशोरी वृत्तको सक्रियतामा रोकिएका छन् ।
'घरबाट जबरजस्ती विवाह गर्न लागेको खबर पाएपछि किशोरी वृत्तका सदस्यहरू मिलेर प्रहरी र सिडियो कार्यालयलाई फोन गर्ने गरेका छौँ । त्यसपछि प्रहरीको सहयोगमा बालविवाह राक्छौँ ।'- रौलेश्वर गाविसमा गठित किशोरी वृत्तकी सदस्य ममता चन्दले भनिन् ।
वृत्तले जिल्लाको सिद्धपुर गाविसमा चार, सिद्धेश्वर गाविसमा नौ, रौलेश्वर गाविसमा दुई र सलेना गाविसमा दुई गरी जम्मा १७ ओटा वालविवाह रोकेको दावी गरेको छ ।
बालविवाह रोक्दा आफुहरूलाई समेत विभिन्न किसिमका चुनौतीहरू आउने गरेको सिद्धपुर गाविसमा गठित किशोरी वृत्तकी सदस्य निर्मला भट्टले बताइन् ।
'कहिलेकाँही त तिमीहरू जान्ने हुन्छौ ! हामीले तिम्रो विवाह गर्न लागेका हौँ र ? छोरीको विवाह गरेर आफ्नो जिम्मेवारी पुरा गर्न लागेका छौँ । हाम्रो पारिवारिक मामलामा तगारो नबन भनेर उल्टै आफुहरूलाई धम्की आउँछ ।'-सलेना गाविसको किशोरी वृत्तकी सदस्य कुन्ती भट्टले भनिन् ।
आर्थिक अभाव, जनचेतनाको कमी, पारिवारिक बोझ र रजस्वला नहुँदै छोरी-चेलीको कन्यादान गरे पुण्य प्राप्त हुन्छ भन्ने गलत मान्यताका कारण धेरै बालिकाहरूको सानैमा विवाह हुने गरेको छ ।
सन् २०२० सम्ममा देशलाई बालविवाहमुक्त घोषणा गर्ने नेपाल सरकारको लक्ष्य अनुसार बैतडीमा पनि काम थालिएको सरोकारवालाहरूले बताएका छन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…