बालविवाह : प्रहरीमा उजुरी शून्य, समाजमा व्याप्त
विवाह बारी २० वर्ष पारी भन्ने नारा नेपाल सरकारको नारामै सिमित भएको छ । यही नारालाई प्रथामिकतामा राखेर नेपाल सरकारको सन् २०३० सम्म बालविवाह मुक्त समाज बनाउने लक्ष्य रहेको छ । यसै लक्ष्यमा पुग्नका लागि नेपाल सरकार विभिन्न निकाय, गैरसरकारी संस्था र सामाजिक अभियानताले काम गर्दै आएको पनि देखिन्छ । तर प्रतिफल भने प्राप्त हुन सकेको छैन ।
सरकाको लक्ष्य अनुसार बालविवाह मुक्त समाज निर्माण गर्न अब झण्डै ७ वर्ष बाँकी हुदै गर्दा बालविवाह न्यूनिकरण हुन सकिरहेको अवस्था देखिएको छैन । समाजमा बालविवाह हुने गरेको भएपनि प्रहरीमा भने उजुरी रुपमा आउने गरेको पाइदैन ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/७९ मा ३ वटा र ०७९/८० मा १५ वटा बालविवाहका घटना रोकिएका छन् । प्रहरीमा बालविवाह हुन थालेको जानकारी आएपछि रोकेर बालबालिकालाई अभिभावकको जिम्मा लगाउने र उमेर नपुगेसम्म विवाह गर्न नपाइने सहमति न्यायिक समितिका संयोजकको उपस्थितिमा भएको प्रहरी निरीक्षक यमबहादुर बुढामगरले बताउनु भयो ।
२० वर्षमुनि विवाह गर्न नपाईने कानुनी व्यवस्था भएपनि समाजमा बालविवाह भएको विभिन्न तथ्यांकले देखाउने गरेको छ । बालविवाह रोक्ने अभियानमा प्रहरी, स्थानीय तहका न्यायिक समिति, महिला बालबालिका शाखा, गैसरकारी संस्था, सामाजिक अभियान्ता, मानव अधिकारकर्मी तथा पत्रकारको सक्रियतामा बालविवाह रोक्ने काम गरेपनि न्यूनिकरण हुन सकेको चन्दननाथ नगरपालिका महिला बालबालिका शाखाका बाल संरक्षण अधिकृत पुष्पा थापाले बताउनु भयो ।
जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्याङ्क अनुसार स्वास्थ्य संस्थामा आर्थिक वर्ष ०७९/८० एक हजार ६ सय २९ जना गर्भावस्था चेकजाँच गर्न आएका मध्ये ३ सय १२ जना २० वर्षमुनिका किशोरी रहेका छन् । यस्तै ०८०/८१ को कार्तिक महिनासम्म गर्भावस्था चेकजाँच गराउ आएका ५ सय ३ जना मध्ये १ सय २ जना २० वर्षमुनि किशोरी रहेको तथ्यांक शाखा प्रमुख पदम खत्रीले बताउनु भयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आर्थिक वर्ष ०७८/७९ मा गर्भावस्था चेकजाँच गर्न आउने ५५६ मध्ये १०८ जना २० वर्षमुनिका किशोरी रहेका छन् । यस्तै आर्थिक वर्ष ०७९/८० मा एक हजार ८० मध्ये १३१ जना २० वर्षमुनिका किशोरी रहेको तथ्यांक रहेको छ । आर्थिक वर्ष ०८०/८१ को कार्तिक महिनासम्म गर्भावस्था चेकजाँच गराउन आउने ३५९ जना मध्ये ३४ जना २० वर्षमुनिका किशोरी रहेको तथ्यांक रहेको प्रतिष्ठानका मेडिकल रेकटर मेघराज बुढाले बताउनु भयो । उहाँले भन्नुभयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लासहित मुगु, कालिकोट र डोल्पाका केही जुम्ला जिल्लासँग सिमा क्षेत्र जोडिएका पालिका सेवाग्राही आउने गरेका छन् ।
यसै हप्ता क्याड नेपाल जुम्लाले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार तीन वर्ष यता हिमा गाउँपालिकामा मात्रै एक हजार १सय ७ जनाको विवाह भएकोमा ७ सय ५५ जनाको बालविवाह भएको तथ्याङ्कमा छ ।
यस्तै सिंजामा ३ सय १ जनाले विवाह गरेकोमा १सय ८४ जनाले बालविवाह गरेका छन् । कनकासुन्दरीमा तीन वर्षमा १ हजार ५३ जोडीले विवाह गरेकोमा ५ सय ७१ जनाले बालविवाह गरेका छन् । प्लान नेपाल र क्याड नेपालको सहयोगमा सन २०२० देखि बालविवाहको अध्ययन प्रतिवेदना बनाउन थालिएको थियो ।
जिल्लामा बालविवाहको एकिन तथ्य तथ्याङ्क नभएपनि विभिन्न तथ्याङ्क विश्लेषण गर्दा समाजमा बालविवाह हुने गरेको पुष्टि हुन्छ । महिला तथा बालबालिकाको क्षेत्रमा बालविवाह विरुद्धको साँझा अभियान सञ्जाल जुम्लाले पनि काम गर्दै आएको छ । यो सञ्जालले विशेष गरी चन्दननाथ नगरपालिका, सिंजा र कनका सुन्दरी गाउँपालिकामा कार्यक्षेत्र रहेको छ । यो सञ्जालमा इन्सेक, किर्डाक नेपाल, पेस नेपाल, क्याड नेपाल, नेपाल पत्रकार महासंघ, साग्रिला एशोसियसन र रेडक्रसलगायत संस्था आवद्ध रहेको सञ्जालका महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताउनु भयो । उहाँले भन्नुभयो ‘बालविवाह न्यूनिकरण गर्नका लागि कानुनी सचेतनासहित बालविवाहले स्वास्थ्य र शिक्षा क्षेत्रमा पार्ने असरका विषयमा अभिभावक र बालबालिकालाई सचेतीकरण गर्न आवश्यक छ । ’
मानदत्त रावल
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…