बालविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ ७ गते

१३ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा रकु गाविस-२ का २१ वर्षीय मन्दिरे सार्कीलाई प्रहरीले भदौ ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित सार्कीले वैशाख २५ गते बालविवाह गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

आफू भागेर सदरमुकाम आउन सफल भएको भन्दै पीडित बालिकाले प्रहरी कार्यालयमा बालविवाह, बहुविवाह तथा बलात्कारको उजुरी दिएकी छन् ।

आरोपितलाई पीडितको उजुरीका आधारमा गिरफ्तार गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरीक कार्यालयका डीएसपी किसनसिंह वुडालले बताए ।

उजुरीमा बलात्कार गरेको पनि उल्लेख गरेकाले पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको वुडालले बताए ।


कालीबहादुर मल्ल