बालविवाह घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले मुसिकोट नपा-११ का २२ वर्षीय कमल बिकलाई फागुन ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकासँग आरोपितले गत फागुन २१ गते बालविवाह गरेको भन्दै पीडित बालिकाका अभिभावकले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय रुकुममा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी अङ्गुर जिसीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्लेमा गरिएको प्रहरीले जनाएको छ ।
पीडित पक्षले फागुन ३० गते बालविवाह तथा बलात्कारसम्बन्धी उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…