बालविवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई विवाह गरेको भन्दै जेठी पत्नी रुपा हरिजनले माघ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो । सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले इन्सेकलाई जानकारी दिनुभयो ।


नारायण पराजुली