बालविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ पुस ४ गते

१५ वर्षीया बालिकासँग विवाह गर्न लागेको आरोपमा लालिगुराँस नपा-९ का २७ वर्षीय दिपु लिम्बू र लालिगुराँस नपा-११ की ३९ वर्षीया निर्मला लिम्बूलाई प्रहरीले पुस ३ गते लसुनेबाट गिरफ्तार गरेको छ ।

आरोपित निर्मला लिम्बूले उनका आफन्त दिपु र पीडित बालिकाको विवाह पुस ३ गते गर्ने गरी तयारी गरेका थिए ।

नावालिकालाई भगाएर विवाह गराउन खोजिएको जनाउँदै बालिकाका बावुले छोरीको खोजी गरिदिन र आरोपितहरूमाथि कारबाहीको माग गर्दै पुस ३ गते प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीपछि लिम्बू र बालिका दुवैलाई पुस ३ गते नै सिधुवा बजारबाट नियन्त्रणमा लिइएकोमा नाबालिकालाई उनको अभिभावकको जिम्मा लगाइएको र लिम्बूलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरुष ढकालले बताए ।


भगिश्वर लिम्बू