बालविवाह घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बालविवाह गर्न लागेको भन्दै १७ वर्षीय बालक र बालिकालाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ ।
बालिका माघ १२ गते घरबाट हराएको भन्दै बालिकाकि आमाले सोहि दिन जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिनुभएको थियो । बालिका हराएको अनुसन्धान गर्दा पुतलीबजार– ४ का १७ वर्षीय बालकसङ्ग विवाह हुन लागेको जिल्ला प्रहरी कार्यालयमा सूचना आएको थियो । उक्त सूचनाका आधारमा प्रहरिले दुवैजनालाई गिरफ्तार गरेको हो ।
प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बेहुलि भित्राउन केही समय बाकि रहदा दुवैलाई गिरफ्तार गरेको बताउनु भयो ।
बालिकाकाे बुवाले बालक र बालककाे परिवार विरुद्ध बालविवाह कसुरमा माघ २० गते उजुरी दिनुभएकाे छ ।
उक्त घटनामा अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको रानाले बताउनु भयो ।
समीक्षा ढकाल
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…