बालविवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बालविवाह गराएको आरोपमा प्रहरीले बारा जिल्ला प्रसौनी गाउँपालिका–५ बेलहीया पनटोका बस्ने ४८ वर्षीय महेश सहनी, पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने ६५ वर्षीय ठग सहनी र सोही ठाउँका पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २४ वर्षीय दुलाह विशाल सहनीलाई असार ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिका र आरोपित विशाल सहनीको विवाह ०७७ माघ १९ गते धोरेस्थित भुटनदेवी मन्दिरमा गराइएको थियो ।

वालविवाह गर्ने तथा गराउनेविरुद्ध परेको उजुरीको आधारमा गिरफ्तार गरी आवश्यक अनुसन्धानको लागि पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गराई न्यायिक हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

मुलुकी अपराध संहिताको दफा १७३ विपरित विवाहसम्बन्धी कसूरमा आरोपितहरूविरुद्ध अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनु भयो ।


कृष्णचन्द्र लामिछाने/भोलानाथ पौडेल