बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा प्रहरीले चन्दननाथ नपा–१० कार्तिकस्वामीका २१ वर्षीय दिपक कामीलाई चैत १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ललाई फकाई चैत ५ गते बालविवाह गरेको भन्दै बालिकाका आफन्तले चैत ९ गते प्रहरीमा उजुरी गरेका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी कानुन बमोजिम कारवाही गर्ने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी सिताराम रिजालले बताए ।

बालिकाको उद्दार गरी चैत १० गते नै बालिकालाई आफन्तको जिम्मा लगाएको डिएसपी रिजालले बताए ।
प्रहरीका अनुसार जिल्लामा बालविवाहको घटनामा प्रहरीमा उजुरी परी आरोपितलाई गिरफ्तार गरेको यो पहिलो घटना हो ।


मानदत्त रावल