बालविवाह घटनाका आरोपितहरूलाई कैद र जरिवाना

  ०८१ जेठ ३२ गते

हनुमाननगर कंकालिनी नगरपालिका-१ भलुवा टोलका २५ वर्षीय शंकर रजक र हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहकी १८ वर्षीया किशोरीलाई ०८१ जेठ ३१ गते बालविवाह र बहुविवाहमा कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले जेठ ३१ गते बालविवाह अभियोगमा शंकर र किशोरीलाई जनही २२ दिन कैद र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको हो । यस्तै बहुविवाह कसुरमा आरोपित शंकरलाई १ वर्ष ३ महिना कैद र १५ हजार रुपियाँ जरिवानाको फैसला भएको छ ।

शंकरकी पत्नी २४ वर्षीया प्रियंकादेवी रायले आरोपितहरूविरुद्ध बालविवाह तथा बहुविवाह कसुरमा ०८० चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । सामाजिक परम्पराअनुसार २०७७ मा विवाहिता पीडितको एक छोरा छन् । घरबाट ६ महिना अघि कमाउन हिंडेका आरोपित रजक भारदह बजारमा संजय दत्त फ्रेस हाउसका सञ्चालक देबेन्द्र खड्काको पसलमा ज्याला मजदुरीमा कुखुरा काटी बेच्ने काम गर्दै आएका थिए । सोही नजिक घर र मासु पसल भएकी किशोरीसँग प्रेम भएपछि उनले २०८० फागुन १६ गते दोस्रो विवाह गरी भागेर भारतको मधुबनी गएका थिए ।

आरोपितहरू घर फर्किएपछि चैत ४ गते घरआँगनबाटै गिरफ्तार भएका थिए । जिल्ला प्रहरी कार्यालयमा चैत ४ गते उजुरी दर्ता भएको थियो । जिल्ला अदालतमा चैत २५ गते अभियोग पत्र दायर भएको थियो । जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले ०८० चैत २६ गते आरोपित शंकर पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अर्का आरोपित किशोरीसँग अदालतबाट २५ हजार रुपियाँ धरौटी माँग भएकोमा उनले वैशाख २७ गते धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् ।


मनोहरकुमार पोखरेल