बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने फैसला सुनाएको छ ।
बालिकालाई असार १७ गते अपहरण गरी कसुरदारले विवाह गरेर घरमा लगेका थिए । पीडित बालिकाले सोही दिन आत्महत्या गरेकी थिइन् । शवकाे भरतपुर अस्पतालमा असार १८ गते पोष्टमार्टम भयो ।
आफ्नो घरमा बन्धक बनाई जबर्जस्ती करणी गरेर अत्महत्या गर्न दुरूत्साहन गरेको भनी पीडितको हजुरबुबाले ०७९ असार १८ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएपछि सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो ।
घटनाका आरोपितलाई असार १७ गते नै गिरफ्तार गरेको थियो ।
प्रहरीले बालकलाई बालविवाह तथा आत्महत्या दुरुत्साहनमा साउन ८ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा न्यायाधीश अवनी मैनालीको इजलास आदेशले सोही दिन आरोपित पूर्पक्षका लागि थुनामा गएका थिए । उनलाई बालसुधार गृह हेटाैँडामा पठाएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनुभयो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…