बालविवाह गराउन उक्साएको घटनाका आरोपित प्रहरीद्वारा गिरफ्तार
बालविवाह गराउन ललाईफकाई गरेको आरोपमा प्रहरीले नारायण नपा–८ ढकानेकी ३५ वर्षीया देवीकला नेपाली र सोही ठाउँकी १९ वर्षीया दुर्गा नेपालीलाईसाउन १७ गते गिरफ्तार गरेको छ ।
१४ वर्षीया एक बालिकालाई र १६ वर्षीय बालकसँग विवाह गर्न उक्साई दुवै जनालाई सँगै सुत्न लगाएको विषयमा बालविवाह र जबरजस्ती करणी मुद्दा समेत चलाउने गरी प्रहरीले अनुसन्धान सुरू गरेको जनाएको छ ।
साउन ५ गते भएको उक्त घटनाका विषयमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन ६ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा घटनाको प्रकृति अनुसन्धानबाट समेत खुलेको कारण घटना गराउन संलग्न आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी सरोज पौडेलले बताए ।
पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते दैलेख अस्पतालमा गरिएको थियो । आरोपित बालक फरार रहेको डीएसपी पौडेलले जानकारी दिए ।
अमर सुनार
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…