बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले बालविवाह कसुर गरेको ठहर गर्दै ३ वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको अदालतले जनाएको छ ।
आरोपितले शम्भुनाथन गरपालिका–३ स्थित शम्भुनाथ मन्दिरमा २०७९ माघ ११ गते बालविवाह गरी हाड नातामा विवाह र बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा माघ २१ गते उजुरी दिनुभएको थियो । छोरी बेपत्ता भएको भन्दै माघ १२ गते हुलिया जाहेरी दिएका पीडितका बुबाले बालिका र आरोपित दुबै माघ २१ गते फेला परेपछि बालविवाह र हाडनाता करणीको उजुरी दिएका हुन् । अदालतले बालविवाह कसुर मात्र पुष्टि गरेको छ ।
बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो ।
बालिकालाई अभिभावकको जिम्मा लगाइएको थियो । जिल्ला अदालतमा फागुन १६ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले आरोपित फागुन १७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…