बालविवाहविरुद्ध निगरानी समितिमा इन्सेक प्रतिनिधि

  ०७८ भदौ ३ गते

राजविराजमा भदौ २ गते सम्पन्न एक भेलाले गठन गरेको बालविवाहविरुद्ध निगरानी समितिमा इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेललाई चयन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेको संयोजकत्वमा गठित निगरानी समितिले इन्सेक प्रतिनिधि पोखरेलसहित १७ सदस्यीय निगरानी समिति गठन गरेको हो ।

अन्य सदस्यहरूमा ज्येष्ठ नागरिक महासङ्घका प्रदेश २ अध्यक्ष शङ्कर शारदा, एकल महिला समूह प्रदेश २ अध्यक्ष अनीता देवकोटा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालकी राधा चौधरी, राजविराज नपा–१ का वडा अध्यक्ष चन्द्रशेखर चौधरी, विष्णुपुर गाउँपालिका–६ का वडा अध्यक्ष बहादुर सदा, प्याब्सनका उपाध्यक्ष सञ्जय शर्मा, परिकल्पना नेपालका अध्यक्ष सुधा देव, पत्रकार नानीमैया कटवाल, महिला मानव अधिकार रक्षक सञ्जालकी सुष्मा गुप्ता, महिला सुरक्षा दबाब समूहकी ललीता कर्ण, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल राजविराजकी अध्यक्ष साधना कर्ण, मुद्दी मोहर्रम वेलफेयरका सेराज अन्सारी, सगरमाथा पेट्रोलियम डिलर्स एशोसिएसनका धिरेन्द्र दास र सामाजिक कार्यकर्ता रमिला साह रहनु भएको छ ।

सरोकारवाला निकायबिच भएको छलफल र योजना बैठक पश्चात समिति गठन गरिएको हो ।

बालविवाहका घटनाले समग्र बालबालिकाको अधिकार र विकासमा बाधा पुर्‍याइ रहेकाले राजविराज नपा–१ र विष्णुपुर गाउँपालिका–६ मा बालविवाह अन्त्यका लागि निगरानी समितिले भूमिका र जिम्मेवारीसहित सबै प्रकारका कार्यक्रम गर्ने जनाइएको छ ।


इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम