बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ ।
छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय राधेश्याम रायले मिथलेश, उनकाबुवा ५५ वर्षीय जिलेश्वर राय, बालिकाकी आमा ४५ वर्षीया रेखादेवी राय, ५५ वर्षीय रविशंकर राय, ४३ वर्षीय मिनादेवी रायका विरुद्ध दिएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।
उजुरीका साथ निवेदकले बालिकाको जन्मदर्ता, विवाहको निमन्त्रण पत्र, विवाहको फोटो र भिडिओ पेश गर्नुभएको छ । स्थानीय पञ्जिका धिकारी कार्यालयको जन्मदर्ता किताबमा बालिकाको जन्म ०६७ भदौ २५ गते उल्लेख छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीमा वैशाख २८ गते राति बालविवाह भएको थियो ।
बालविवाह हुँदैछ भनी इन्सेक प्रतिनिधिले एसपी नरेन्द्रकुमार कार्कीलाई जानकारी गराए पछि प्रहरी खटिएर विवाहस्थल पुगेपनि बालविवाह नरोकिएको स्थानीयवासी राजु रायले बताएका छन् । बालविवाह रोक्ने प्रयास असफल भएपनि कारवाही गर्न सकिने भन्दै इन्सेक सप्तरी प्रतिनिधिले एसपीकार्की र सिडिओ भूपेन्द्र थापासँग वैशाख २९ गते माँग गर्नुभएको थियो । उजुरी दर्ता भएपनि आरोपितहरू गिरफ्तार भएका छैनन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…