बालविवाह गरेको आरोपमा गिरफ्तार

  ०७९ फागुन ४ गते

खार्पुनाथ गाउँपालिका–३ कारङ्गाकी १७ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–४ छिप्राका २० वर्षीय लक्ष्मण नेपाली र बालिकालाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

खार्पुनाथ गाउँपालिका–४ माझाका बालिकाका मामा गणेश सुनारले फागुन १ गते आफ्नो भान्जीलाई भगाएर लगेको भन्दै फागुन २ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएको इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताउनु भएको छ ।

सोही दिन मुद्दा दर्तासँगै प्रहरीले घटनालाई फागुन ३ गते नै जिल्ला अदालत पठाएको र जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानका लागि पुर्पक्षमा राखिएको इन्स्पेक्टर चौधरीले बताउनु भएको छ ।

इन्स्पेक्टर चौधरीका अनुसार पीडितको उजुरीका आधारमा फागुन ३ गते नै दुवै जनालाई गाउँबाटै गिरफ्तार गरि मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको छ । बालिका ०७९ चैतक १७ गतेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा दिने तयारी गरिरहनु भएको मामा सुनारले बताउनु भएको हो ।

 


नन्द सिंह