बालविज्याँईमा परेका बालक वयस्कसँगै कारागारमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका १७ वर्षीय बालकलाई वयस्कसँगै जिल्ला कारागारमा राखिएको पाइएको छ ।
पीडित बालिकालाई आरोपितले गत असोज २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ जिल्ला प्रहरी कार्यालयमा असोज २२ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि आरोपितलाई वयस्कसँग कारागारमै राखिएको डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २२ गते गरिएको थियो ।
जिल्ला कारागारका जेलर कुलेन्द्र खवासले बालविज्याँइको कसुर गरेकालाई राख्ने छुट्टै सुधार गृह अभावमा बालकलाई वयस्कसँगै राख्नु परेको बताए ।
जेलर खवासले वयस्कसँगै भएपनि विशेष रेखदेख गर्ने गरिएको बताए । अधिवक्ता बलराम भट्टराईले बालबालिकासम्बन्धी ऐनले बाल सुधार गृह नभएको कल्पना नगरेकाले कुनै पनि बहानामा कारागारमा वयस्कसँग राख्न नमिल्ने बताए ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को २२ मा निगरानी कक्षको स्थापनासम्बन्धी व्यवस्था छ । सो व्यवस्था अनुसार कसुरजन्य कार्यको आरोपमा नियन्त्रणमा लिइएका बालबालिकालाई अनुसन्धान अवधिभर राख्ने प्रयोजनका लागि नेपाल सरकारले निगरानी कक्ष स्थापना गर्न सक्नेछ ।
यद्यपि उपदफा (१) बमोजिम निगरानी कक्ष स्थापना नभएसम्मका लागि प्रत्येक जिल्ला प्रहरी कार्यालयमा अलग्गै कक्षको व्यवस्था गरिनेछ भनिएको छ ।
बाल न्याय सम्पादन कार्यविधि नियमावली,२०७६ मा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ८५ ले दिएको अधिकार प्रयोग गरी सर्वोच्च अदालतले बनाएको नियमअन्तर्गत बुँदा ६ मा निगरानी कक्षमा हुनुपर्ने न्यूनतम सुविधा उल्लेख गरेको छ ।
उक्त बुँदाको (१) को ‘क’ देखि ‘छ’ सम्म पिउने पानी,पोषणयुक्त खाना,बस्न तथा सुत्नका लागि विछ्यौनादेखि कपडा,शौचालय र सरसफाई तथा मौसम अनुसारको अन्य व्यवस्थाबारे उल्लेख गरिएको छ ।
यद्यपि ऐन नियम विपरीत कानुन कार्यान्वयन गर्ने निकाय प्रहरी र कारागारको कार्यसम्पादनबाट बालविज्याँई कसुरमा अनुसन्धानमा रहेका आरोपित बालक राज्यले दिएको सेवा सुविधा उपभोग गर्न वञ्चित भएका छन् ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…