बालमैत्री संरचना नबन्दा विद्यालयमा बालबालिकालाई सास्ती
सुनछहरी गाउँपालिका-२, झेलगुङमा रहेको जनआवाज आधारभुत विद्यालयमा बालमैत्री संरचना नबन्दा बालबालिकाहरूलाई सास्ती भएको छ ।
उक्त विद्यालयमा कक्षा एकदेखि पाँचसम्मका बालबालिहरूका अध्ययन गर्दै आइरहेका छन् । विद्यालय भवन बालमैत्री नभएपछि विद्यार्थीले जोखिम मोलेर कक्षा कोठामा प्रवेश गर्नुपर्छ । विद्यालयका प्रधानाध्यापक जगेन्द्र बुढामगरका अनुसार विद्यालयको भवन मर्मतका लागि हालसम्म कतैबाट बजेट प्राप्त भएको छैन । उक्त संरचनाको अभावका कारण पठनपाठन प्रभाकारी हुन सकेको छैन । विद्यालयको अवस्था बारे सबैलाई थाहा छ तर कतैबाट बजेट आएको छैन ।
बालमैत्री विद्यालय निर्माण गर्न समय समयमा पहल भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो नदेखाएको विद्यालयका प्रधानाध्यापक बुढामगरको गुनासो छ । विद्यालयमा शौचालय तथा खानेपानीको सुविधाबाट समेत बालबालिकाहरू वञ्चित हुनुपरेको उहाँले उल्लेख गर्नुभयो । विद्यालय बालमैत्री संरचना बनाउन नसक्दा विद्यार्थीहरूलाई पढ्न समस्या भएको छ । विद्यालयको आगनमै अग्लो ढिक भएकाले आफ्ना साना बालबालिकाहरू कक्षाभित्र प्रवेश गर्दा वा बाहिरिँदा ढिकबाट लड्छनकी भन्ने डर बोकेर विद्यालय पठाउन परेको अभिभावकहरूको गुनासो छ ।
विद्यालय नै जोखिम अवस्थामा भएको कारण पढाइमा झन् बाधा आइपरेको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गणेशकुमार विकले बताउनु भयो । करिब १ सय जना भन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलबाड गरेजस्तो महसुस गराएको उहाँले उल्लेख गर्नुभयो । विद्यालयको खेलमैदान बनाउदा स्काभेटरले खन्ने क्रममा अग्लो ढिक बनेको र जसले बालकालिकाहरू खेल्न तथा हिँड्डुल गर्न कठिन भएको र साना बालकालिकाहरू खेल्दा अग्लो ढिकबाट लडेर हात खुत्तामा चोट लाग्ने जस्ता समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक जगेन्द्र बुढामगरले बताउनु भयो ।
यस विषयमा ०७९ फागुन ३० गते 'विद्यालयमा बालमैत्री संरचना नबन्दा बालबालिकालाई सास्ती' शीर्षकमा इन्सेक अनलाइनमा समाचार समेटिए पनि अवस्था उस्तै रहेको छ ।
नेपालको संविधान २०७२ ले शिक्षाको अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरेको छ । संविधानको धारा ३१ मा प्रत्येक बालबालिकालाई शिक्षामा पहुँचको हक हुने कुरा उल्लेख गरिएको छ । संविधानले दिएको यही मौलिक अधिकार प्राप्त गर्न सुनछहरी गाउँपालिका-२, झेलगुङमा रहेको जनआवाज आधारभुत विद्यालयमा बालमैत्री संरचना नबन्दा बालबालिकाहरूले दिनहुँ सास्ती भोग्नु परेको हो ।
तिलक घर्तिमगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…