बालबिज्याईँ कसुरमा फैसला सुनाइएका बालक कारागारमा वयस्कसँगै
५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कसुरदार ठहर गरी बाल सुधार गृहमा पठाउने आदेश दिइएका १३ वर्षीय बालकलाई सुधार गृह नपठाई वयस्कहरूसँगै कारागारमा राखेको पाइएको छ ।
पीडित बालिकालाई आरोपितले ०७६ जेठ २९ गते बलात्कार गरेको आरोपमा असार २ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा असार २ गते गिरफ्तारीमा परेका बालक विरूद्ध प्रहरीले कानुनी कारवाही अघि बढाएकामा जिल्ला अदालतले असार ४ गते कसुरदार ठहर गर्दै ४ वर्षकैद सजाय र पीडितले पाउने गरी २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसलासहित सुधार गृह पठाउन आदेश दिएको थियो ।
न्यायाधीश कृपाश्वर कार्कीको इजलासले कैद सजाय र क्षतिपूर्तिसहित सुधार गृह पठाउन आदेश दिएपनि बालकलाई जिल्ला कारागारमा वयस्कहरू सँग राखेको पाइएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले बताए ।
तर, कारागारले आर्थिक अभावमा सुधारगृह पठाउन नसकिएको जनाएको छ । कारागारका सूचना अधिकारी धनीराम सिंहले भने-'अदालतले दिएको आदेश कार्यान्वयन गर्न बजेट छैन । कारागारमा वयस्कसँग राख्नु रहर होइन । बाध्यता हो ।'
अधिवक्ता बलराम भट्टराईले बालबिज्याईँमा परेकालाई धरौटी र थुनामा समेत राख्न नपाइने भएपनि वयस्कसँगै कारागारमा राखिएकाले कानुनको उल्लङ्घन भएको बताए ।
नेपाल बार एकाई जिल्ला सचिवसमेत रहेका भट्टराईले कानुनको व्याख्या र अदालतको आदेश कार्यान्वयन गर्न यो वा त्यो बहाना हुन नसक्ने बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २ गते गरिएको थियो ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…