बालविकासका शिक्षकले सात महिनादेखि पाएनन् तलब !
विन्ध्यवासिनी गाउँपालिकामा विद्यालयका बालविकासका शिक्षकले सात महिनादेखि तलब पाएका छैनन् ।
उनीहरूले चालु आर्थिक वर्षको साउन महिनादेखि नै तलब नपाएको भन्दै तलब निकासाका लागि पहल गरिदिन सार्वजनिक अपिल गरेका छन् ।
उनीहरूले यसअघि फागुन २३ गते पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई तलब निकासाको व्यवस्था मिलाइदिन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
नेपाल शिक्षक महासङ्घ, विन्ध्यवासिनी गाउँपालिकाका अध्यक्ष धर्मेन्द्रप्रसाद चौबेले नेपाल सरकारले तोके बमोजिम बालबिकासका शिक्षकले तलब हालसम्म नपाएको बताउनु भयो ।
नेपाल सरकारको निर्णय अनुसार प्रतिमहिना ८ हजार रुपियाँ तलब नेपाल सरकारले र गाउँपालिकाले ७ हजार रुपियाँ थप गरी १५ हजार रुपियाँ तलब दिनुपर्नेमा अहिलेसम्म सो गाउँपालिकामा कार्यरत ३६ जनाले तलब भत्ता नपाएको चौबेले आरोप लगाउनु भयो ।
नेपाल सरकारको निर्णय अनुसार चालू आर्थिक वर्षदेखि प्रत्येक महिना ७ हजार रुपियाँका दरले गाउँपालिकाले रकमान्तर नगरेको कारण बालविकासका शिक्षकले तलब नपाएका हुन् । सो गाउँपालिकामा १४ ओटा विद्यालय छन् ।
गाउँपालिकाको शिक्षा शाखाले भने हालसम्म गाउँसभा नभएका कारण तलब निकासा गर्न नसकिएको र चाँडै नै रकम निकासा गरिने जनाएको छ ।
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…
बाल विवाह र बहु विवाहको कसुरमा कैद
हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद सजाय भएको छ । जिल्ला…