बालबालिका सम्बन्धी ऐन, कार्यान्वयनमा स्थानीय सरकारको प्रतिबद्धता

  ०८० जेठ १० गते

बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयनमा जिल्लाका स्थानीय सरकारले प्रतिबद्धता जनाएका छन् ।

Photo 20230523 Sangkhuwasabha

बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकार प्रमुख तथा उप-प्रमुखहरूले ऐन कार्यान्वयनमा प्रतिबद्धता जनाएका हुन् ।

बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगर र खाँदबारी नगरपालिकाको आयोजना तथा जिल्ला समन्वय समितिको सहकार्यमा ०८० जेठ ९ गते सम्पन्न गरिएको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयनमा जिल्लाका दश ओटै स्थानीय सरकार प्रमुख तथा उप-प्रमुखहरूले सामूहिक प्रतिवद्धता जनाएको बालबालिका खोजतलास प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले बताउनु भयो ।

बालबालिका सम्बन्धी ऐन, २०७५ को प्रावधानहरू कार्यान्वयन गर्दै बालमैत्री स्थानीय तह निर्माण गर्न स्थानीय सरकार प्रमुखहरूले प्रतिवद्धता जनाएको समन्वय अधिकृत अधिकारीले बताउनु भयो ।

बालबालिका सम्बन्धी ऐन, २०७५ कार्यान्वयन छलफल कार्यक्रममा स्थानीय तहले विभिन्न प्रतिवद्धता समेत जारी गरेका छन् ।

स्थानीय तहमा बालसंरक्षण प्रणालीको संस्थागत विकास,  बालबालिका सम्बन्धी कार्यविधि, बाल अधिकार समितिको  व्यवस्था, बालकल्याण अधिकारी व्यवस्था, बालकोषको स्थापना, स्थानीय तहमा बालबालिका समबन्धी सूचना व्यवस्थापन र बालबालिकाको वार्षिकस्थिती प्रतिवेदन प्रकाशन लगायतका निर्णयमा स्थानीय तहले प्रतिवद्धता जनाएका छन् ।

बालबालिका सम्बन्धी ऐन, २०७५ स्थानीय तहमा कार्यान्वयनको  विषयमा स्थानीय सरकारका प्रमुख, उपप्रमुख एवम् बालकल्याण अधिकारीहरूले ऐनको कार्यान्वयनका लागि  प्रतिवद्धता जनाएको खाँदवारी नगरपालिकाका मेयर महेश थपलियाले बताउनु भएको छ ।


भविन कार्की