बालबालिकाहरूको दुरूपयोग नगर्न बालअधिकार मञ्च कास्कीको अपील
बालअधिकारका लागि नागरिक समाजको सञ्जाल (बालअधिकार मञ्च) कास्कीले बालबालिकाहरूको अधिकार दुरूपयोग नगर्न अपील गरेको छ ।
मञ्चले पुस १९ गते विज्ञप्ति जारी गरी पुुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा अतिथि स्वागतका लागि पञ्चकन्याको रूपमा स–साना बालिकाहरू प्रयोग गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राज्यले बालबालिकाहरूको अधिकार संविधानमा नै सुनिश्चित गरेपनि यस्ता घटनाले कार्यान्वयन पक्ष अझैपनि संवेदनशिल हुन नसकेको मञ्चले जनाएको छ ।
महानगरपालिकाले पुस १७ गते शैक्षिक संस्था तथा वडा कार्यालयहरूमा अप्रत्यासित सार्वजनिक बिदा दिँदा बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुनुका साथै सेवाग्राहीहरू सरकारी सेवा प्राप्त गर्नबाट वञ्चित हुनु परेको मञ्चको ठहर छ ।
बालबालिकाहरूको हित र संवेदनशिलतालाई पहिलो प्राथमिकतामा राखेर यस किसिमका अभ्यासलाई प्रश्रय नदिन पनि मञ्चले सरकारी, गैरसरकारी र नीजि क्षेत्रसँग आग्रह गरेको छ ।
नारायण क्षेत्री
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…