बालबालिकाले नै रोके बालविवाह
कक्षा १० मा अध्ययनरत मल्हनियाँ गाविस-४ की १५ वर्षीया सन्तोषीकुमारी दासको विवाह सोही गाविसका बालबालिकाहरूले माघ २५ गते रोकेका छन् ।
बालिकाको असहमतिमा उनको परिवारले भारत मधुबनीको लौकही प्रि्राहीका २५ वर्षीय युवासँग फागुन ११ गतेका लागि माघ २० गते विवाहको टुङ्गो लगाएका थिए ।
विश्वास बाल क्लब मल्हनियाका पदाधिकारीहरूले क्लबकी कोषाध्यक्षसमेत रहेकी बालिकाको परिवारबाट जबरजस्ती विवाह गर्न लागेको थाहा पाएपछि माघ २१ गते उनको घरमा पुगेर उमेर नपुगी गर्न लागिएको विवाह रोक्न आग्रह गरेका थिए ।
बालबालिकाको आग्रहमा विवाह नरोकिए पछि बाल क्लबका प्रदिपकुमार मण्डल, पञ्कजकुमार दास र भन्नुकुमार मण्डलले प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा माघ २३ गते यसबारे जानकारी दिएका थिए ।
बालिकाका आमा मीनादेवी र हजुरबुवा झडीलाल दासलाई राखेर प्रहरीले दबाब दिएर सम्झाई बुझाई गरेपछि विवाह रोकिएको सेवा केन्द्रका इन्चार्ज सई मिनकुमार क्षेत्रीले बताए । सई क्षेत्रीका अनुसार बालिकाले आफूले कम्तीमा उच्च मावि उतीर्ण नगरेसम्म विवाह नगर्ने अडान लिएपछि बालिकाका परिवारले विवाह स्थगित गरेका हुन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाइने कानुनी प्रावधान छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…