बालबालिकालाई साथमा लिएर अभिभावक रोजगारीमा जाँदा विद्यालय छाड्नेको सङ्ख्या बढ्दै
बालबालिकालाई साथमा लिएर अभिभावक रोजगारीमा जाँदा विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।
सुनछहरी गाउँपालिकाकाका अधिकांश दुर्गम बस्तीका स्थानीयहरू रोजगारीकोलागि जिल्ला बाहिर वा भारतमा कमाउन जाने गरेका छन् । पछिल्लो समय भारतलगायत मनाङ मुस्ताङमा रोजगारका लागि नजिकको प्रमुख गन्तव्य जस्तै बनेको छ ।
गाउँघरमा दुख गरेर लगाएका अन्न बालीले ६ महिना पनि खान नपुग्ने भएपछि रोजिरोटीकै निम्ति कमाउन जान परेको यहाँका स्थानीयवासीको भनाई रहेको छ ।
उक्त गाउँका बयस्क व्यक्तिहरू कमाउन जाने र बालबालिकाहलाई पनि सँगै लैजाने भएका कारण वर्षेनी बालबालिकाले विद्यालय छाड्ने संख्या बढ्दै गएको सुनछहरी गाउँपालिका– २ का स्थानीय रेगम घर्तीले बताउनु भयो ।
अविभावकहरु रोजगारीको निम्ती जिल्ला बाहिर जाँदा आफ्ना साना नानीबाबुहरु प्नि साथमा लिएर जाने गरेका छन् । जसको कारण विद्यालय छाड्ने बालबालिकाहरूको संख्या बढ्ने गरेको छ भने बालबालिकाहरू पढ्न पाउने अधिकारबाटै वञ्चित हुने गरेका छन् ।
यहाँका अधिकांश स्थानीयरू हिउदको समयमा घर आउने तथा चैत–वैशाखमा कमाउन इँट्टा भट्टा तथा मनाङ मुस्ताङ, भारत तीर जाने गरेका छन् । बुवा आमा नै कमाउनजाँदा साना बालबालिकालाई पनि साथमै लिएर जानुपर्ने अवस्थाले बालबालिकाको पढाइमा प्रभाव पारेको छ भने नियमित खोप तथा स्वास्थ्य चेकजाँचमासमेत प्रभावि हुने गरेको स्युरी स्वास्थ्य चौकीका इन्चार्ज खड्कबहादुर गाहाले बताउनु भयो ।
अभिभावकहरूले आफ्ना बालबालिकासमेत लिएर जादा साना कक्षाहरूमा विद्यालय छोड्ने बालबालिकाको संख्या बढेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनछहरी गउँपालिका – ४ स्युरीका शिक्षक दलबहादुर पुन मगरले बताउनु
बालबालिकालाई साथमा लिएर कमाउन जानुपर्ने बाध्यताले बालबालिकाको पढाइमा प्रभाव पर्नु तथा विद्यालय छाड्नेको संख्या समेत बढि रहनु चुनौतीको विषय भएको सुनछहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख रेगबहादुर पुन मगरले बताउनु भयो । रेगबहादुरका अनुसार विद्यालय छोडेर जिल्ला बाहिर काम गर्न जाने र परीक्षामा सहभागी हुन आउने समस्यासमेत विद्यालयहरूमा देखिने गरेको छ ।
गत वर्ष सुनछहरी गाउँपालिकामा ४६ जना विद्यार्थीले विद्यालय छाडेका थिए भने यस वर्ष अनुमानित २३ – २४ जनाले विद्यालय छाडेको शिक्षा शाखा प्रमुख रेगबहादुर पुनले बताउनु भयो ।
तिलक जिएम
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…