बालक हत्या घटनाका आरोपितहरू गिरफ्तार
हरीपुर गाविस-३ का आठ वर्षीय बालक दुर्गानन्द साहको हत्या गरेको आरोपमा हरीपुर गाविस-३ का २७ वर्षीय चुडामणी ठाकुर, हरीपुर गाविस-१ का १९ वर्षीय रामबाबु गुप्ता साह र देउरी गाविस-२ घर भई राजविराज नपा-५ स्थित मनीषा कम्युनिकेशनका सञ्चालक २२ वर्षीय कपिलदेव दासलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार गरेको छ ।
मोबाइल टावर लोकेशनबाट गिरफ्तार गरिएका आरोपितहरूले बताएअनुसार बालकको मुखमा डोरीले बाँधेर हत्या गरेपछि छिमेकी पन्नालाल साहको शौचालयको सेफ्टी टयाङ्कीमा बोराभित्र राखेर फालेको अवस्थामा मङ्सिर ३० गते लाश फेला पारिएको जिल्ला प्रहरी कार्यालयका एसपी देवेश लोहनीले बताए ।
एसपी लोहनीका अनुसार सडेगलेको अवस्थामा निकालिएको शवको फोरेन्सिक शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
प्रहरीको अनुसन्धानबाट मङ्सिर ११ गते राति छिमेकी ठाकुरले बालक अपहरण गरी हत्या गरेर अर्का छिमेकी पन्नालाल साहलाई फसाउन उनको शौचालयको सेफ्टी ट्याङ्कीमा फालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले बताए ।
अपहरित बालकको हत्या पछि साह परिवार शोकमा डुबेको छ । छिमेकीले नै अपहरणपछि बालकको हत्या गरेको घटनापछि गाउँले त्रसित बनेका छन् ।
मनोहर कुमार पोखरेल
सम्बन्धित समाचारहरू
नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप, म्यादीप्रहरीमाथि खुकुरी प्रहार
सदरमुकाम मार्तडीमा जेठ १ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा बुढीगंगा नगरपालिका–४ का २० वर्षीय म्यादीप्रहरी पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ । बडीमालिका नगरपालिका–२ एमालेबाट…
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…