बालक हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनचौपारी गाउँपालिका– ६ बस्ने १० वर्षीय बालक हर्षित देवकोटालाई हत्या गरेको आरोपमा सोही ठाँउका २२ वर्षीय सुजन चुवाई सुवेदीलाई प्रहरीले असार १ गते गिरफ्तार गरेको छ ।

बालकलाई आरोपितले असार १ गते बेलुका धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही दिन पुतलीबजार नगरपालिका–१ बाट गिरफ्तार गरेको थियो ।

बालकको शव घरदेखि २ सय मिटर तल खरबारीमा फेला परेको र घटनाको बारेमा अनुसन्धान भइरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम असार २ गते स्याङ्जा अस्पताल स्याङ्जामा भएको छ ।


राधाकृष्ण शर्मा