बालक हत्या घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन २ गते

बराहक्षेत्र नगरपालिका-३ विस्थापित टोलका ६ वर्षीय बालक अवि विकको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय वीरबहादुर विकलाई गिरफ्तार गरेको छ ।

बालकले कानमा लगाएको सुनको मुन्द्रा खोस्ने क्रममा आरोपितले बालकलाई ०८१ साउन १ गते कुटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो ।

मादक पदार्थ सेवन गरेका आरोपितले मुन्द्रा खोस्ने क्रममा बालकलाई निर्घात कुटपिट गरेको र बालकको उपचारका क्रममा साउन १ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा मृत्यु भएको डिएसपी भण्डारीले बताउनु भयो ।

घटनालगत्तै पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम घोपामा साउन २ गते गरिएको छ ।

पीडित परिवारले शव बुझी बराहक्षेत्र नगरपालिका-३ स्थित घाटमा सद्गत गरेको छ ।


जयकृष्ण यादव