बालक हत्याको अनुसन्धान दुई वर्षसम्म पनि पूरा भएन
ठाडा गाविस-५ का १३ वर्षीय बालक राजन भुसालको हत्या भएको २ वर्षबितिसक्दा पनि घटनाको अनुसन्धान अझै पूरा नभएको प्रहरीले जनाएको छ ।
पीडित बालक ०७१ मङ्सिर ६ गते हराएपछि पीडितका परिवारले मङ्सिर ९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालकको शव ०७१ मङ्सिर १४ गते सोही गाविसमा रहेको म्यालीखोल्सामा भेटिएको थियो ।
घटनाको अनुसन्धान पूरा नुहँदा दोषी पत्ता लाग्न नसकेको स्थानीय भरत विकले बताए । 'घटनाको दुई वर्षबितिसक्दा पनि प्रहरीले अझै अनुसन्धान भइरहेको छ भनि जवाफ दिन्छ, हामी कहिलेसम्म अनुसन्धानको आशामा बस्ने ?' पीडितका बुवा शिव भुसालले प्रश्न गरे ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले घटनाको बारेमा अनुसन्धान गरिरहेको र छिट्टै दोषीको पहिचान हुने बताएका छन् ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
हेपाह प्रवृतिका नाम सच्चाँउने कानुनको अभावमा अपमान सहनुपरेको दलित समुदायको गुनासो
दलित भएकै कारण नागरिकता प्रदान गर्ने कार्यालयका कर्मचारीहरुले मनोमानी रुपमा अपमानित हुने प्रकृतिका नामहरु राखि दिएकै कारण समाजमा अहिले पनि अपमानित हुनुपरेको जिल्लास्थित दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…