बालक मृत्यु घटनामा प्रहरीद्वारा तीन जनाविरूद्ध उजुरी दर्ता
ज्याभ्लिङ थ्रो खेलको अभ्यासका क्रममा घाइते भएका फालेलुङ गाउँपालिका–२ का १० वर्षीय अनुस राईको उपचारको क्रममा फागुन १६ गते मृत्यु भएपछि प्रहरीले तीन जनाविरूद्ध उजुरी दर्ता गरेको छ ।
प्रहरीले फालेलुङ गाउँपालिका–२ स्थित सिद्धकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक फालेलुङ गाउँपालिका–२ का ५६ वर्षीय वीरेन्द्र खत्री, खेल शिक्षक सोही ठाउँका ४३ वर्षीय वसन्त खत्री र १७ वर्षीय बालक सुरज कार्कीविरूद्ध फागुन १६ गते उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताउनु भयो ।
बालकको फागुन १६ गते उपचारका क्रममा मृत्यु भएपछि प्रधानाध्यापक, खेल शिक्षक र सुरज कार्कीविरूद्ध पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय विर्तामोडमा मौखिक उजुरी गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर डम्वर विश्वकर्माले बताउनु भयो ।
फागुन १५ गते विद्यालय परिसरमा ज्याभ्लिङ थ्रो खेलको अभ्यास गर्ने क्रममा कक्षा १२ मा अध्ययनरत सुरज कार्कीले फ्यालेको ज्याभ्लिङ कञ्चटमा लागि अनुस राई घाइते भएका थिए । उपचारका क्रममा फागुन १६ गते वि एण्ड सी अस्पताल झापामा घाइतेको मृत्यु भएपछि तीन जनालाई सोही दिन गिरफ्तार गरी कारबाही अघि बढाएको डिएसपी थापाले बताउनु भयो ।
फागुन २३ गतेदेखि सुरू हुन लागेको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि अभ्यासका क्रममा चौरमा हिँडीरहेको अवस्थामा छोरालाई ज्याभ्लिङले लागेको ४२ वर्षीय बाबु आइन्द्र राईले बताउनु भयो ।
शवको पोष्टमार्टम फागुन १६ गते मेची अस्पतालमा गरिएको छ । सोही दिन पीडित परिवारले शव बुझी फागुन १७ गते फालेलुङ गाउँपालिका–२ कटुसेमा सद्गत गरेको छ ।
बालकको मृत्यु भएपछि फागुन १६ गतेदेखि विद्यालय बन्द छ ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…