बालक कुटपिट घटनाका आरोपित गिरफ्तार
बुटवल उपमहानपा–७ दिपनगरका ११ वर्षीय बालक आइस गौतमलाई कुटपिट गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–८ सुख्खानगरका ६९ वर्षीय भविश्वर न्यौपानेलाई जेठ १७ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख २७ गते लिची चोरेको आरोपमा कुटपिट गरेको थियो । कुटपिटबाट बेहोस भएका पीडितलाई अभिभावकहरूले तत्काल मेडिटेक अस्पताल बुटवलमा लगेका थिए ।
अस्पतालले बे्रेनमा रगत जमेको भन्दै मेडिकल कलेज भैरहवामा रेफर गरेकोमा बालकको अवस्था जटिल देखिएकोले मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगेको र त्यहाँबाट पुन चौराहा अस्पताल बुटवलमा लगेर टाउँको अप्रेशन गरेका थिए ।
चौराहा अस्पताल बुटवलमा अप्रेशन गरी ६ दिनको दिन अस्पतालले डिस्चार्ज गरेको र बच्चालाई एक्कासी बेहोस हुने समस्या देखिएको छ । डाक्टरले वे्रेनको अप्रेशन गरेकाहरूमा देखिने सामान्य लक्षण बताएको छ ।
घरमा लगेको दुई दिनमा बच्चालाई बान्ता, ज्वरो आउने र अप्रेसन गरेको घाँउवाट पीप आउने भएपछि जेठ १२ गते काठमाण्डौस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि पुरयाइएको बालकका बुवा सुमन गौतमले बताउनु भयो ।
पीडित पक्षले आरोपित विरूद्ध जेठ १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा इन्सपेक्टर प्रकाश खत्रीले पीडितको तर्फबाट उजुरी आएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको बताउनु भयो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…