बालक कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
इनरूवा नगरपालिका-९ बवियाका १४ वर्षीय बालक सागर यादवलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले दुई जनाविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।
१४ वर्षीय बालकलाई ०८१ भदौ १० गते कुटपिट गरेको आरोपमा पीडित पक्षले इनरूवा नगरपालिका-९ का ५५ वर्षीय देवराम यादव र ३२ वर्षीय रोशकुमार यादवविरूद्ध भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बालकका बाबु ४८ वर्षीय दीपेन्द्र यादवले बताउनु भयो ।
आपसी विवादका क्रममा आरोपितद्वयले छोरालाई निर्घात कुटपिट गरेको पीडितका बाबु दीपेन्द्र यादवले बताउनु भयो ।
कुटपिटबाट शरीरका विभिन्न भागमा चोट लागेका बालकको भदौ १० गतेदेखि जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घटनाका विषयमा अनुसन्धान गरी आरोपितलाई गिरफ्तार गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भएको छ ।
नेपालको संविधानले धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरेको छ ।
सोही धाराको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनि उल्लेख गरिएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…