बालकलाई घर निर्माणको काममा लगाएका आरोपित विद्यालय सञ्चालिका विरुद्ध उजुरी
सखुवा प्रसौनी गाउँपालिका–५ महुवन का ७ वर्षीय बालकलाई घर निर्माणको काममा लगाएको आरोपमा सोही वडा स्थित श्री राम जानकी इङ्गलिश बोर्डिङ्ग स्कुलकी सञ्चालिका ३२ वर्षीया भागवन्ती कलवार विरुद्ध पीडित पक्षले ०८० चैत १५ गते इलाका प्रहरी कार्यालयमा उजरी दिनु भयो ।
श्री राम जानकी इङ्गलिश बोर्डिङ्ग स्कुलमा कक्षा एलकेजीमा अध्ययनरत आफ्नो छोरालाई चैत ११ गते विद्यालय पढ्न गएको समयमा विद्यालय सञ्चालिकाले घर निर्माणको कार्यमा लगाउँदा लडेर गम्भीर घाइते भएको पीडितका बुबा चन्दन साह गोढको आरोप रहेको छ ।
घाइते बालकको बाराको परवानीपुर गाउँपालिका स्थित एलएस न्यूरो एण्ड जेनरल होस्पिटलमा उपचार भइरहेको उहाँले बताउनु भयो । गम्भीर घाइते भएका पीडितको टाउकोमा २८ ओटा टाँका लागेको पीडित पक्षले बताउनु भयो ।
तर, आरोपित भागवन्ती कलवारले आफूले कुनै पनि बालबालिकालाई भवन निर्माणको काममा नलगाएको बताउनु भयो । भवन निर्माण भइरहेको ठाउँमा होली मनाउन तयारी गरिरहेका ठूला/ठूला विद्यार्थीहरूसँगै गएका पीडित बालक लडेर घाइते भएको उहाँले बताउनु भयो । साथै घाइते भएको दिनदेखि नै आफूले बालकको उपचार समेत गराउँदै आएको उहाँले बताउनु भयो ।
घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका इन्सपेक्टर मोहन बिक्रम केसीले बताउनु भयो ।
शम्भुकुमार सुमन
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…