बालकको मृत्युपछि प्राथमिक स्वास्थ्य चौकी तोडफोड

  ०८० जेठ १७ गते

दुधौली नगरपालिका-१ का दुई जना बालकको मृत्युको विषयलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा तोडफोड भएको छ ।

सर्पले डसेका बालकको ०८० जेठ १६ गते बिहान ४ बजे उपचारका लागि लगिएकोमा प्राथामिक उपचार नगरि रिफर गरिदिँदा बालकको मृत्यु भएको भन्दै आक्रोशित भिडले सोही दिन साँझ ६ बजे स्वास्थ्य चौकी तोडफोड गरेको हो ।

Photo_080-2-17_Sindhuli.

सर्पले डसेको थाहा पाएपछि जेठ १६ गते बिहान ३ बजे बुबा गणेश पहाडीले १३ वर्षीय ग्रिस पहाडी र तीन वर्षीय ग्रिस्म पहाडीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लानु भएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीका स्वास्थ्यकर्मी चक्र माझिले बालकको भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने र यहाँ भेन्टिलेटर नभएका कारण जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको बताउनु भयो ।

उपचाका लागि लैजाँदै गर्दा बालकको बाटोमा नै मृत्यु भएको र यहाँ डाक्टरहरूले उपचार नगरेको भन्दै आफू र मेडिकल अफिसर आकास मिश्रलाई हातपात गरेको उहाँले जानकारी दिनुभयो ।

आक्रोशितहरूको भिडले हानेको ढुङ्गाका कारण स्वास्थ्य केन्द्रको झ्यालमा रहेको सिसहरू फुटेको छ । माझिले भन्नभयो, 'अरु क्षतिको अवस्था के छ म आफैले थाहा पाउन सकेको छैन । स्वास्थ्य केन्द्रको फर्निचर बाहिर ल्याएर आगो लगाइएको छ ।'

घटना भएको ठाउँमा प्रहरी खटाइएको र आन्दोलनमा उत्रिएकाहरू तितर वितर भएको जिल्ला प्रहरी कार्यालयको डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको डिएसपी दाहालले बताउनु भयो ।

Photo_080-2-17_Sindhuli


नबीनबाबु अधिकारी