बालकको अपहरणपछि हत्या, घटनाका आरोपित गिरफ्तार

सिम्रौनगढ नपा–३ का धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दीपक यादवलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय श्याम बैठा र १७ वर्षीय बालकलाई गिरफ्तार गरी असोज २८ गते सार्वजनिक गरेको छ ।

बालबको अपहरणपछि हत्या गरेको आरोपमा दुवै जनालाई असोज २८ गते प्रहरीले गिरफ्तार गरी सार्वजनिक समेत गरेको छ ।

गिरफ्तारीमा परेका १७ वर्षीय बालकले मृतक बालकका बुबा धनेश्वरप्रसाद यादवसँग १ महिना अगाडि २ लाख रुपियाँ ऋण मागेका थिए । ऋण नपाएपछि बालकले समय आएपछि देखिइदिन्छु भनी धम्की दिएको पीडित पक्षले जनाएको छ ।

पीडित पक्षले असोज २५ गते प्रहरीमा उजुरी दिएको थियो । बालक असोज २४ गते घरबाट हराएपछि पीडित पक्षले सोही दिन प्रहरीमा मौखिक सूचना गरेका थिए ।

यसैबिच जिल्ला प्रहरी कार्यालय वाराका डिएसपी रञ्जितसिंह राठौरले असोज २८ गते विज्ञप्तिमार्फत घटना सार्वजनिक गरेका छन् ।

बालकलाई असोज २४ गते राति अपहरण गरी हात, गोडा, मुख बाँधी सोही दिन धान खेतमा लुकाई राखी असोज २५ गते बिहान हत्या गरी सिम्रौनगढ नपा–३ स्थित सार्वजनिक बाँही जङ्गलमा फालेको अवस्थामा असोज २७ गते राति खोेजतलासको क्रममा बालकको शव फेला परेको विज्ञप्तिमा भनिएको छ ।


भोलानाथ पौडेल